thedeepeshshow

Gufgaaf with Bandana Rana (Women Rights Activist)| nepali podcast | deepesh shrestha

TheDeepeshShow
TheDeepeshShow
Gufgaaf with Bandana Rana (Women Rights Activist)| nepali podcast | deepesh shrestha
/

Bandana Rana (Women Rights Activist)Bandana Rana is one of the leading advocates of the women’s movement in Nepal and the world. She is the highest-ranking Nepali woman to lead the UN’s world women committee. She has been promoting women’s rights, gender equity and equality through organizations and networks she founded and led. She has worked…

Read More
TheDeepeshShow
TheDeepeshShow
Gufgaaf with Bandana Rana (Women Rights Activist)| nepali podcast | deepesh shrestha
/

Gufgaaf with Sristi KC (Motivational Speaker / Dancer) | nepali podcast | deepesh shrestha

TheDeepeshShow
TheDeepeshShow
Gufgaaf with Sristi KC (Motivational Speaker / Dancer) | nepali podcast | deepesh shrestha
/

Sristi KC (Founder – BlindRocks)Blinds are Diamonds. Everyone sees diamonds, but only a few can afford it. Likewise, everyone sees us, but only a few can accept us. This holds true in Sristi KC’s case, who changed her future despite being turning blind is more than motivating and does not mean a lesser life; it…

Read More
TheDeepeshShow
TheDeepeshShow
Gufgaaf with Sristi KC (Motivational Speaker / Dancer) | nepali podcast | deepesh shrestha
/

Gufgaaf with SaruBhakta Shrestha (Poet / Novelist)| nepali podcast | deepesh shrestha

TheDeepeshShow
TheDeepeshShow
Gufgaaf with SaruBhakta Shrestha (Poet / Novelist)| nepali podcast | deepesh shrestha
/

SaruBhakta Shrestha (Poet / Novelist)Any discourse on Nepali literature would be barely complete without mentioning the works of celebrated litterateur Bhakta Raj Shrestha. He has written most of his works under the penname Saru Bhakta. He has been, and remains, an altogether exceptional literary figure, towering over all others. His poems, songs, novels, short stories,…

Read More
TheDeepeshShow
TheDeepeshShow
Gufgaaf with SaruBhakta Shrestha (Poet / Novelist)| nepali podcast | deepesh shrestha
/

Gufgaaf with you and me – Deepesh Shrestha| nepali podcast | deepesh shrestha

Actor/ Actress / Director / TV Host
Actor/ Actress / Director / TV Host
Gufgaaf with you and me - Deepesh Shrestha| nepali podcast | deepesh shrestha
/

Today is a very special show, talking about you and me. Please Subscribe: Facebook: http://www.facebook.com/thedeepeshshow Twitter: http://www.twitter.com/thedeepeshshow YouTube: https://www.youtube.com/user/thedeepeshshow For Podcasts, please visit http://www.thedeepeshshow.com Life is a journey full of lessons, hardships, and sacrifices. Why let it go to waste? What you are today is because of what happened yesterday. And, TheDeepeshShow brings live interviews…

Read More
Actor/ Actress / Director / TV Host
Actor/ Actress / Director / TV Host
Gufgaaf with you and me - Deepesh Shrestha| nepali podcast | deepesh shrestha
/

GufGaaf with Sujeev Shakya (Analyst / Author) | nepali podcast | deepesh shrestha

Business / Social Entrepreneurs
Business / Social Entrepreneurs
GufGaaf with Sujeev Shakya (Analyst / Author) | nepali podcast | deepesh shrestha
/

Thought Leader, Sujeev Shakya is a powerhouse of innovation in business growth and economic development. He is the founder CEO of beed, an international management consulting and advisory firm and is currently working in Bhutan, Cambodia, India, Myanmar, Nepal and Rwanda. He has a long list of credentials that credit him as one of the top business thinkers of today’s time.

Read More
Business / Social Entrepreneurs
Business / Social Entrepreneurs
GufGaaf with Sujeev Shakya (Analyst / Author) | nepali podcast | deepesh shrestha
/

Guff Gaaf with Raj Bhai Suwal | nepali podcast | deepesh shrestha

Photgrapher
Photgrapher
Guff Gaaf with Raj Bhai Suwal | nepali podcast | deepesh shrestha
/

Live Interview with Raj Bhai Suwal (Photographer) Raj Bhai Suwal is unequivocally considered as one of the finest Nepalese commercial portrait photographers. And while he has a diverse body of work, he’s known for his experimental approach in photography, tight, intense headshots and one can see his work everywhere; in magazines, TV, and on billboards…

Read More
Photgrapher
Photgrapher
Guff Gaaf with Raj Bhai Suwal | nepali podcast | deepesh shrestha
/

Guff Gaaf with Anjali Lama (model) | nepali podcast | deepesh shrestha

Model / Beauty Queens / Choreographer
Model / Beauty Queens / Choreographer
Guff Gaaf with Anjali Lama (model) | nepali podcast | deepesh shrestha
/

Live Interview with Anjali Lama (Model) Anjali Lama is truly an inspiration & a courageous soul who broke all barriers of societal conformity and opening the doors of education and employment for the transgender community, despite having to face many social ostracisation, her journey has been inspiring to find acceptance & respect for herself as…

Read More
Model / Beauty Queens / Choreographer
Model / Beauty Queens / Choreographer
Guff Gaaf with Anjali Lama (model) | nepali podcast | deepesh shrestha
/

मलाई केहि भन्नू छ |

मैले मिडिया मा झन्डै 24 वर्ष बिताए, त्यति बेला काठमाडौँमा रहेका प्राय सबै कलाकारलाई व्यक्तिगत रुपमा चिन्दथे, उनीहरुले पनि मलाई चिन्थे। (चिन्न पर्ने बाध्यता थियो) ति मध्ये धेरै कम मात्रै अहिले सम्म सम्म सम्पर्कमा छन। यसमा मेरो कुनै गुनासो छैन, बलेको आगो मात्रै ताप्ने कुरा मैले राम्ररी बुझेको छु। थोरै गायकहरु जो संग मेरो अहिले सम्म सम्बन्ध छ तिनी हरु संग कहिले पनि एउटा मिडियाकर्मी र गायक को सम्बन्ध भएन, दाजु भाई जस्तो सम्बन्ध भएरनै होला अहिले सम्म टिकेको।
यिनै दाजु भाई संग धेरै समय बिताउदा धेरै घटना हरु यस्ता छन् जुन मुटुमा गडेको छ। बेला बेला मा सम्झना आई रहन्छ। आज त्यस्तै एउटा घटना सम्झन मन लाग्यो । निमा रुम्बा, नेपाल को पक्का पप स्टार, निमा संग मेरो परिचय प्रनिल तिमल्सिना (GP) ले गराई दिएको हो। मलाई अझ सम्झना छ झन्डै 24 वर्ष पहिला टेकुको बलिवुड भन्ने रेस्टुरा मा भेटेको, जहाँ निमा गीत गाउने गर्थे। त्यति खेर म रेडियो मा स्तापित हुने दौडमा थिए भने निमा को पहिलो अल्बम ‘निमा’ निस्किसकेको थियो।
त्यो दिन देखि खोइ हाम्रो के मिल्यो आज सम्म गर्ब गर्न लायक को सम्बन्ध बन्यो ।

निमा संग धेरै समय संगै बिताउदा एउटा कुरा कहिले पनि देखिन, त्यो हो घमण्ड। निमालाई एकदिन मैले सोधेको थिए ‘ यार तिमि यस्तो हिट छौ, कहिले आफुलाई स्टार जस्तो लाग्दैन ? कहिले नबिर्सिने उत्तर दिएका थिए उनले त्यति खेर ‘ लाग्छ, जब म स्टेज मा आफ्नो गीत प्रस्तुत गरिरहेको हुन्छु, स्टेज बाट ओर्ले पछि त्यो स्टारडम कहाँ जान्छ जान्छ’।

निमाले धेरै पुरस्कार, अवार्ड, सम्मान पाएका छन्। सबै अवार्डहरु राख्नलाई एउटा कोठामा भएको दराजमा पक्कै ठाउँ पुग्दैन। तर निमाले उनको जिन्दगीको सबैभन्दा ठुलो अवार्ड/सम्मान पाउदा भने म सँगै थिए। निमा र म मात्रै थियौ र त्यो अवार्ड दिने मान्छे। निमाले यो कुरा मिडिया मा भनेको छ कि छैन त थाहा छैन तर मलाई भने आज निमाको जन्मदिनको दिन भन्न मनलाग्यो।

सन् २००४ को कुरा हो , निमा को ‘साँझमा पनि’ भन्ने गीत चर्चाको शिखरमा थियो। म अफिसमा थिए (हिट्स एफ एम),दिउसो ३ बजे तिर निमा को फोन आयो, लन्च खायौ भनेर सोध्यो, छैन भने पछि उनले बाहिर निस्कन भन्यो। केहीबेरमै निमा ट्याक्सीमा आइपुगे अनि हामी nanglo bakery cafe तिर लाग्यौ। वानेश्वरको नाग्न्लोमा त्यति खेर वेटर हरु कान सुन्न नसक्ने र बोल्न नसक्ने हरु हुन्थे। भित्र टेबलमा बस्यौ, एकजना वेटर पानी लिएर आए , निमालाइ निकै बेर घोरिएर हेरे , अनि अर्डर लिएर गए। उता गएर अरु वेटर हरु संग कानेखुसी गरे जस्तै इशारामा कुरा गर्न थाले, केहि नबुझे पनि हाम्रै बारेमा कुरा गरेको होकी जस्तो लागि रहेको थियो। एकछिनमा अर्को वेटर भित्र बाट आयो र हामीलाई हेर्यो। एकछिन हेरेपछि हाम्रो टेबल मा आयो। गोजी बाट एउटा कलम र उनको नोटबुक निकाल्यो र निमा को autograph माग्यो, notepad पछि पाखुरामा पनि साइन गर्न भन्यो। एउटा गायक को लागि यो भन्दा ठुलो अवार्ड के हुन सक्छ र ? एउटा कान नसुन्ने व्यक्तिले उससंग autograph माग्दै छ। यो भन्दा ठुलो सम्मान के होला र ? एउटा गुनगुनाउन नसक्ने व्यक्तिले, गायकको हस्ताक्षर आफ्नो पाखुरामा लिदै छ। त्यो वेटर भाई संसार जितेझै गरेर आफ्ना साथीहरु तिर हेर्दै थिए। म चाही छक्क पर्दै निमालाई भने ‘ यो त ठुलो कुरा हो यार ‘ निमा ले पनि हो मा हो मिलाउदै भने ‘ यसको अगाडी त सबै अवार्ड मान सम्मान फिका हुन्छन’ यति भन्दा उनको आँखाहरु रसाई सकेका थिए

Read More

संगीतलाई जीवन र जीवनलाई संगीत मान्नेको लागि

बिक्रम सम्बत २०५२ साल मा शुरु भएको माओबादी जनयुद्धले देशमा धेरै परिवर्तन ल्यायो। केहि राम्रो केहि नराम्रो। राम्रो के ल्यायो भनेर सोध्नु भन्दा पहिला यो लेख पढी सक्नुस अनि त्यसपछि आफ्नो विचार राख्नुस। देश बिकाश को हिसाब मा दसकौ पछि धकेलियो, भौतिक संरचना भत्काइए, हजारौ आमाहरुको काख उजाडियो, हजारौ बालबालिका टुहुरो भए, हजारौ विस्तापित भए, हजारौ देश छोडेर जना बाध्य भए। देशमा गणतन्त्र आयो, २५० वर्ष पुरानो राज संस्था फालियो, जनतामा राजनैतिक चेतना बढ्यो, रेमिट्यान्स ब्यापारी मालामाल भए। जे भए पनि आज मैले राजनीति को कुरा गर्न लागेको होइन। राजनीतिमा गहिरो चाख भए पनि ज्ञान त्यति छैन। अर्को कुरा नजाने गाउ को बाटो किन सोध्नु ? कुरा गर्न लागेको हो नेपाली संगीत को अहिले को अवस्था को बारेमा,

हिजोआज जो कोहि गायकलाई कस्तो छ भनेर सोध्यो भने उत्तर सबैको उस्तै हुन्छ ‘बेहाल छ, पहिला जस्तो छैन, एल्बम को बिक्रि नै छैन’ पाइरेसीले खत्तम पार्यो । तर यो अवस्था नेपाली संगीत को मात्रै होइन। संसारभरी को संगीत को ब्यापार घटेको छ, टेक्नोलोजीले गर्दा पाइरेसी बढेको छ। पाइरेसी को सबै भन्दा ठुलो समस्या के हो भने , मानिस ले गीत संगीत वा चलचित्र चोरी गर्दा अरु भौतिक समान चोरेको जस्तो आत्मग्लानी नहुनु। पाइरेसी रोक्न धेरै व्यक्ति, संघ संस्था लागि परेका छन्। सफलता निकै टाढा छ तर खुसि को कुरा सन् २०१९ मा बिश्वमा पाइरेसी घटेर कलाकार को आम्दानी बढ्यो (नेपालको हिसाबमा के भयो, कसैलाई थाहा छैन) . पाइरेसी घट्न त्यो संघ संस्था को मेहनतले नभई टेक्नोलोजी को हात छ। यसको बारेमा तल चर्चा गरौला।

नेपालमा एउटा गायक, रचनाकार, संगीतकार, अरेन्जर, बाद्य्बाधक, रेकर्डिस्ट, म्युजिक कम्पनी आदि ले कसरि पैसा कमाउछ ? अरेन्जर, बाद्य्बाधक, रेकर्डिस्ट, स्टुडियो ले गीत रेकर्ड गर्दा, रचनाकार, संगीतकार ले गीतमा आफ्नो काम वापत गायक वा प्रोडुसर संग पैसा लिएर अनि गीत तयार भए पछि म्युजिक कम्पनीलाई बेचेर गायक/प्रोडुसरले पैसा कमाउने गर्छ। गायक/बाद्य्बाधक को हक मा अर्को आम्दानीको बाटो हो स्टेज कार्यक्रमहरु। स्टेज कार्यक्रमहरुमा धेरै जसो गायक/गायिका हरु ले मौका पाउछन, केहि बाद्य्बाधकहरु ले पनि बेला बेला मा मौका पाउछन तर रचनाकार, संगीतकार, अरेन्जर, रेकर्डिस्ट आदि ले स्टेजमा आफ्नो कला देखाउने मौका पाउदैन। हामी आफै पैसा तिरेर रचनाकार ले रचना गरेको, संगीतकार ले संगीत भरेको, अरेन्जर ले संगीत संयोजन गरेको वा रेकर्डिस्ट रेकर्ड गरेको हेर्न जादैनौ। यिनी हरु को जिन्दगी चलाउन गीत रेकर्ड हुनै पर्छ। एल्बमको बिक्रि घटेकोले आजकल पहिला जस्तो एल्बम निकाल्न गायकहरु त्यति मन गर्दैनन्, खाली पैसा खर्च मात्रै किन गर्ने? भन्ने सोच आउन थालेको छ। पहिला वर्षेनी एल्बम निकाल्ने गायक हरु आजकल २-४ वर्षको फरकमा एल्बम निकाल्न थालेका छन्। पहिला एउटा एल्बम मा घटीमा ८ वटा गीत हुन्थ्यो भने आजकल त्यो पनि घटेको छ। खाली स्टेज मा गाउन नया गीत चाहिन्छ भन्ने सोचले मात्रै एल्बम निस्कने क्रम बढ्दो छ। त्यो एल्बम पनि डिजिटल मिडियामा मात्रै रिलिज हुन्छ।

नेपालका संगीतका चिन्तकहरु बि.स २०३० को दसकलाई नेपाली संगीतको स्वर्ण युग मान्छन नारायण गोपाल, गोपाल योञ्जन, अम्बर गुरुङ, अरुणा लामा, प्रेमध्वज प्रधान, नातीकाजी, तारा देवी, राम थापा, दीपक खरेल, दिप श्रेष्ठ , प्रकाश श्रेष्ठ, शम्भुजित बास्कोटा आदिका कारण। गीत संगीतको स्तर त्यति खेर जस्तो कहिले थिएन रे। तर म भने २०५० को उत्तरार्ध र २०६० को पुर्बार्धलाई नेपाली संगीतको स्वर्ण युग मान्छु । यो बेला जति नेपाली संगीतकर्मीहरुले कहिले पनि आर्थिक रुपमा फाइदा लिएका थिएनन्। सयौ बाट लाखौ पुग्यो एउटा एल्बम को दाम, मोटर साइकल चड्ने हरु गाडी चड्न थाले। राम्रो राम्रो गायक हरु त वर्ष मा आधा भन्दा बढी समय विदेश मा बिताउन थाले। बरिस्ठ कलाकारले संगीतमा लगेर जीवनभर नकमाएको पैसा एउटा एल्बम बाट कमाउन थाले। आर्थिक रुपमा स्वर्ण युग भएकोले नया नया कलाकारको आगमन भयो, नया नया प्रयोगहरु भए, राम्रा राम्रा स्टुडियो हरु खुले, धमाधम संगीत बिद्यालय हरु खुले, जनताले कलाकार लाइ हेय ले हेर्न छाडे, प्रतिस्पर्धाले नेपाली स्रोताले राम्रा राम्रा गीत पाए। गीत गाएरै पनि नेपालमा जीवनस्तर राम्रो हुन सक्छ भन्ने प्रमणित भयो। यहाँ एकचोटी माओबादी जन युद्धलाई सम्झनै पर्ने हुन्छ, माओबादीकै कारण ले धेरै नेपाली हरु विदेशिए त्यसको अप्रत्यछ असर स्वरुप बिदेशमा नेपाली कार्यक्रमहरु बढेका हुन्। यो तितो सत्य सबैले मान्नै पर्छ। अब विदेशमा हुने अधिकांस नेपाली कार्यक्रम कस्तो हुन्छ त्यसको बारेमा अरु कुनै दिन चर्चा गरौला। एउटा कुरा चाही भनि हालौ यहाँ अस्ट्रेलियामा एउटै हलमा एउटा नेपाली एउटा बिदेशी कार्यक्रम भयो, दुवै देशका चर्चित गायक/गायिका को कार्यक्रम छ भने बिदेशी कार्यक्रमको टिकट को मूल्य ७५ डलर बाट सुरु भएर २००-३०० सम्म पुग्छ भने नेपाली कार्यक्रम को टिकट को मूल्य हुन्छ ३० देखि ४५ डलर। हल उही, हेर्ने दर्सक को आम्दानी उस्तै तर टिकट मूल्य मा त्यत्रो फरक। सिड्नी मा सरकारले तोकेको निम्नतम दर हो घण्टाको १६.८७ डलर। अर्थात एउटा नेपाली कार्यक्रम हेर्न दुई घण्टा काम गरे पुग्छ। अनि कसरि आयोजकले कलाकारलाई बिजनेस क्लास को टिकट काट्नु, कसरि ५ स्टार होटेल मा राख्नु।

एउटा कुरा सबैले के बुझ्न जरुरि छ भने कुनै पनि कार्यक्रम सफल हुनलाई कलाकारले मात्रै पुग्दैन, आयोजक देखि प्राबिधिक सबै को हात हुन्छ। केहि समय अगाडी लण्डनको ठुलो हलमा एउटा नेपाली ब्यान्डले आफ्नो प्रस्तुति दियो। त्यसलाई नेपाली संगीत को सबै भन्दा ठुलो जीत को रुपमा प्रस्तुत गरियो र त्यसको जस त्यहि ब्यान्डले मात्रै पायो। तर यदि त्यो कार्यक्रम असफल भएको भए त्यो ब्याण्डले आयोजक को घाटा बेहोर्थ्यो र ? आयोजकले पनि त ठुलो जोखिम उठाएका थिए त्यसैले त्यो कार्यक्रमको सफलतामा उनीहरु पनि बधाईका पात्र हुन।

अब फेरि वर्तमानमा फर्कौ। सत्य के हो भने एल्बम बिक्रि हुदैन, विदेश मा कार्यक्रमहरु घटेका छन्। कलाकारहरु दोहर्याई तेहर्याई त्यहि ठाउमा कार्यक्रम गर्न गइ सके। नया राम्रा कलाकारको उदाउने क्रममा ग्रहण लागेको छ। पाइरेसीको कुरा आफ्नो ठाउँ मा छदैछ। यो सबै हुदाहुदै पनि नेपाली संगीत क्षेत्रमा पैसा नभएको हुदैहोइन। पैसा छ तर कलाकारले नभई अरुले खादै छ। चाहे त्यो मोबाइल को रिङ्गटोन बाट होस् या youtube वा अरु नै streaming साइट बाट। अहिले नेपालको केहि कम्पनीले youtube मा आफ्नो अधिकार नभएको गीत राखेर पैसा लिदै छ। मैले केहि गायकहरुलाई जानकारी गराएको थिए तर उनीहरु केहि गरेनन, मैले केहि गर्न मिल्दैन किनकि ति गीतहरुको अधिकार मसंग छैन। youtube मा मात्रै होइन थुप्रै यस्ता साइटहरु छन् जहाँ तपाई नेपाली गीतहरु सित्तैमा सुन्न पाउनु हुन्छ, ति साइटहरुले बिज्ञापनबाट पैसा कमाउछ, कलाकारले ? उही हाथमा लाग्यो शुन्य।

नेपालमा कपिराइट को ठुला ठुला कुरा हुन्छन तर कलाकारले केहि पाउदैन। केहि रेडियो अनि टिवी ले दिने रोयल्टी आफु खुशी दिएका हुन्। तर खुसीको कुरा के भने अधिकांश साइट हरु अमेरिकामा होस्ट भएका छन् , तिनलाई अमेरिकाको कानुन लाग्छ, अधिकांश साइट गुगलको बिज्ञापनमा भर पर्छन र गुगल प्रतिलिपि अधिकार को कुरामा धेरै नै सचेत छ। मेरो भनाइ को तात्पर्य के भने यदि कलाकारले साचिकै चाहने हो भने यी सबै साइट हरु बाट आफ्नो गीत हटाउन सकिन्छ। केहि कलाकारहरु आफनो गीतहरु विभिन्न साइटहरुमा देख्दा मक्ख पर्छन। यदि तपाई शोखको लागि पनि गाउनु / बजाउनु हुन्छ भने त ठिकै छ नत्र त्यो आफनै मुतको न्यानोमा रमाएको जस्तो मात्रै हो।अहिले नेपालमा केहि कलाकारहरु हरु आफ्नो अधिकारको लागि लडी रहनु भएको छ, यो लडाईमा सम्पूर्ण कलाकारहरुले साथ दिन जरुरि छ।

अब एल्बम बिक्रि हुदैन भनेर रोएर, कराएर हुने वाला केहि छैन, मान्छे ले दया गरेर एउटा किनीदेला त्यस पछि ? एल्बम सित्तैमा बाडेर कसरि पैसा कमाउने त्यता तिर ध्यान दिन जरुरि छ।

साई को नाम सुन्नु भएको छ ? कोरियन गायक क्या, ‘ग्यांगनम स्टाइल’? घोडा जस्तो नाच्ने? याद आयो नि होइन ? एकछिन मुटु थाम्नुस उनको ‘ग्यांगनम स्टाइल’ बाट मात्रै उनलाई youtube ले २० लाख डलर रोयल्टी दियो। अब सोच्नुस तपाइको कति वटा गीतहरु youtubeमा छन् ? एउटै गीत कति चोटी राखिएका छन् ? कति जनाले तपाइको गीत गाएर राखेका छन्? कति ले आफ्नो video मा तपाइको गीत प्रयोग गरेको होला, सबै को views जोड्दा कति हुन्छ ? त्यो सबै पैसा अरु कसैले खादै छ। फेरि गीत संगीत भनेको धान रोपेको जस्तो हो र ? एकचोटी मात्रै फल दिने यसले त तपाई को नाती नतिना सम्म फल दिन्छ। २० लाख डलर त youtube बाट मात्रै पायो साई ले अरु streaming साइट, अनलाइन रेडियो, डिजिटल बिक्रि बाट उनले अरु ८० लाख डलर गोजीमा हाले। जम्मा उनले १ करोड डलर एउटा गीत बाट मात्रै कमाए त्यो पनि इन्टरनेट बाट मात्रै , स्टेज कार्यक्रम को छुट्टै। एउटा कुरा के बुझ्नुस भने आजकल गीत बाट तपाई ले पैसा कमाउन मान्छे ले किन्नै पर्छ भन्ने छैन। बिज्ञापन ले धेरै कुरा बदल्दै छ।

आँखा चम्किलो हुदै छ ? अझ सुन्नुस

सन् २००२ तिर हामीले एउटा सर्वेक्षण गरेका थियौ। त्यति खेर दक्षिण एशियामा मात्रै ४ करोड थिए नेपालीभाषीहरु , अहिले त नेपालको जनसंख्यानै ३ करोड छ, भने संसार भरि नेपाली भाषा बोल्ने ५ करोड त होलान। ५ करोड मानिस मा १-२ लाख क्यासेट/cd बेचेर कहिले सम्म दङ्ग पर्ने ? आजकल त cd बेच्न पनि गार्हो मात्रै होइन असम्भव होला। इन्टरनेटले संसार सानो बनाई सक्यो, पहिला जस्तो क्यासेटनै सबै तिर पुर्याउनु पर्दैन। अब इन्टरनेटको माध्यमबाट कसरि जोड्ने त्यो सोच्नुस, त्यसको एउटा मात्रै उपाय हो ‘राम्रो गीत’, मेहनत गर्नुस नौलो प्रयोग गर्नुस, नया नया बिषय मा अनुसन्धान गर्नुस। भएको छोडेर नभएको नखोज्नुस, नेपालीभाषी लाई मात्रै होइन अरुलाई पनि कसरि आकर्षित गर्न सकिन्छ त्यो सोच्नुस। यहाँ मलाई मेरा मित्र दिपक बज्राचार्य सम्झना मनलाग्यो। उनको नया प्रयोगलाई नमन गर्न मन लाग्यो। उनले नयापन दिएका छन् तर नया बाट होइन हाम्रो आफनै पुरानो बिर्सन लागेको बाजा गाजा बाट। उनको यो प्रयाश सफल होस् नेपाली मात्रै होइन पुरा बिश्वनै नाचोस उनको संगीत मा। दिपकले गरेको यो दुख बाट दिपक उनको टिमलाइ फाइदा होस्, अरुले उनको दुखमा मोज नगरोस।

पैसा कसरि कमाउने ? त्यो जान्न मन लाग्यो ?
त्यो भन्दा पहिला मैले माथि भनेको थिए नि कि सन् २०१९ मा पाइरेसी घट्यो ? हो सहि हो? तर पैसा तिरेर गीत किन्ने मानिस को भिड बढेर होइन , आजकल online radio खुब चलेको छ। Rdio, Pandora, Jango, last.fm, google play music, spotify आदि यस्ता रेडियो मा गीत बज्दा कलाकार ले रोयल्टी पाउछ, डलर मा धेरै त हुदैन तर नेपाली रुपैया मा निकै हुन्छ। यस्तो रेडियो को सफलता देखेर microsoft, samsung, sony, nokia, apple जस्ता ठुला ठुला कम्पनि ले पनि यस्ता सेवा हरु सुरु गरेका छन्। मानिसहरु ले आफुले चाहेको गीत चाहेको समयमा गीत सुन्न पाएकोले पाइरेसी घटेको। न चोरीकनै गीत सुन्न पाए पछि किन्न चोर्न पर्यो होइन र ?

अब काम को कुरा यदि तपाई पनि youtube लगायत यस्ता online radio बाट रोयल्टी लिन चाहनु हुन्छ भने पहिला गीत तपाइको हुन पर्छ। त्यो गीत माथि सम्पूर्ण अधिकार तपाइको हुन पर्छ। कहिले काही यस्ता साइट हरु ले गीत प्रमाणित गर्न कागज पत्र माग्छ , एल्बम छ भने एल्बम को खोल पठाउदा हुन्छ छैन भने त्यो गीत रेकर्ड गर्दाको स्टुडियो को बिल। विदेशमा के गर्छन भने जब गीत बनिसक्छ ‘ त्यसको अडियो रेकर्ड अनि लेखेको रेकर्ड ‘ हुलाक बाट आफैलाई पठाउछ। त्यसमा हुलाक ले मिति भएको छाप हालेर पुर्याई दिन्छ, र त्यसलाइ नै प्रमाण को रुपमा चाहियो भने प्रयोग गर्छन। त्यो खामलाई भने नखोलीकन राख्छन। नेपालमा खासै गीत मेरो तेरो भनेर झगडा भएको थाहा छैन त्यसैले त्यो समस्या नहोला। मुख्य कुरा के हो भने त्यो गीत को धून original हुनपर्यो अरुको कसैको धूनमा गीत गायो भने आफुले upload गरे पछि पैसा चाही original creator लाइ जान्छ।

youtube मा मुख्य दुइ रूपमा आफनो गीत/संगीत हाल्न सकिन्छ

१. आफुले मात्रै हाल्ने अरु ले तपाइको गीत राखे yotube ले delete गर्ने (रिपोर्ट गरे पछि )

२. आफुले हाल्ने , अरु ले पनि हाल्न पाउने तर त्यसको रोयल्टी चाही तपाई ले नै पाउने। यसो गर्दा यदि कसैले तपाई को गीत गाएर हाल्यो,बिहे को video को background मा तपाइको गीत हाल्यो वा अरु कुनै रूपमा हाल्यो भने रोयल्टी तपाइलाई आउछ। तर ६०% तपाइलाई ४०% त्यो नया video बनाउनेलाइ। original को १००% रोयल्टी तपाईकै हुन्छ।

youtube मा account बनाउन खासै गार्हो छैन। जो कोहि ले गूगल account बनाउन सक्छन, त्यो पनि सित्तैमा। आजकल नेपाल बाट पनि तपाइले video हाल्दा monitize गर्ने option दिन्छ। त्यो monotization on गर्नु भयो र गूगलको २-४ वटा नियम पुर्याउनु भए video को रोयल्टी तपाइले पाउन थाल्नु हुन्छ। हरेक चोटी कसैले video हेर्दा त्यसमा भएको बिज्ञापनको आम्दानी youtube ले तपाई संग बाड्छ। तर अर्को तरिका पनि छ जुन यो भन्दा कलाकारको लागि उत्तम हुन्छ। त्यो हो Youtube partner . नेपाली कार्यक्रम गरेर youtube को पहिलो पार्टनर बन्ने भाग्यमानी म नै हुः। तपाइको साथी, आफन्त, चिनेजानेको हरु कोइ न कोइ त अमेरिका, यु के , अस्ट्रेलिया आदि मा होलान नि,उनीहरुलाइ उनीहरुको ठेगाना राखेर account खोल्न लगाउनु भए हुन्छ, कोहि छैन भने म छदै छु। Subscribers हरु कसरि बढाउने त्यसको बारे मा गत बर्ष नेपाल आउदा मैले एउटा workshop गरेको थिए, त्यो फेरि चाडै online गरौल।

youtube बाहेक अरु पनि थुप्रै यस्ता साइट हरु छन् जहाँ गीत बजे बापत तपाइले रोयल्टी पाउनु हुनेछ। सबै भन्दा पहिला एउटा कुरा क बुझ्नुस भने गीत तपाइको हुनु पर्छ। आजकल यस्ता कहीं संस्था हरु छन् जसले तपाइको सम्पूर्ण digtal right manage गरि दिन्छ। त्यहि संस्थाले सबै तिर तपाइको गीत पठाई दिन्छ र कहाँ कति बज्यो भनेर हिसाब गरेर पैसा पनि पठाई दिन्छ। सुरु मा दर्ता गर्न १००-२०० डलर लाग्छ भने तपाइको पैसा को २०-३० % कमिसन लिने गर्छ। Digital Right Manage गर्ने यस्तो संस्था नेपालमा खोलौ कि भनेर सोचेको पनि हो तर म यहाँ त्यहाँ कसले हेर्ने।

अब के गर्ने त ?

Facebook पेज छ भने त्यसमा युजर /लाइक बढाउन तिर लाग्नुस्। यस्तो कुरा हरु हाल्नुस जुन अरु कतै बाट नपाइयोस। आजकल facebook ले तपाइको पेजमा बिज्ञापन देखाएर कमाएको पैसा तपाई संग बाढ्ने व्यस्वस्ता गरेको छ।

Digital presence बढाउन तिर लाग्नुस् youtube, facebook, twitter, instagram आदि सबै मा आफ्नो एउटा युजरनेम राख्नुस।

आफ्नो website बनाउनोस, website हुन एकदमै जरुरि छ। केहि वर्ष अगाडी मैले एकजना पुरानो गायक को कार्यक्रम सिड्नीको एकदमै नाम चलेको हलमा गर्न खोज्दा, हलले कार्यक्रम गर्ने सस्था र गायक को profile मागेको थियो, पछि गायक को website माग्यो मैले छैन भन्दा यस्तो ठुलो गायकको एउटा website पनि छैन भनेर झन्डै त्यो मान्छेको हार्टफेल भयो।

नया नया गीत / एल्बम बेच्दा त्यसको digital rights (इन्टरनेटमा बेच्ने अधिकार) आफै संग राख्नुस। एल्बम कति वर्ष को लागि बेचेको हो त्यो ध्यान दिनुस।

पुरानो गीत हरु को रोयल्टी उठाउने हो भने कसले कसले तपाइको गीत तपाइको को स्वीकृति बिना राखेको छ त्यसको उजुर गर्नुस। त्यो भन्दा पहिला ति गीत हरु आफुले upload गर्नुस ताकी स्रोताले चाहेको बेला सुन्न पाउन।

राम्रो गीत/संगीत/video बनाउने तर्फ ध्यान दिनुस ताकी सबै ले share गरुन। बिर्सन नहुने एउटा कुरा के हो भने बिश्व साघुरो भै सक्यो, भाषाको बाँधले मिठो संगीतको खोलालाई बाँधेर रोकी राख्न सक्दैन। अब तपाइको गीत नेपाली स्रोताले मात्रै नभई बिश्वले सुन्नेछ। त्यस्तै अब सित्तैमा गीत गाउन र perform गर्न रोक्नुस, अब भर्चुअल कन्सर्ट गरेर, पैसा कमाउनु पर्छ।

तपाइले सोच्दै हुनु हुन्छ होला कि मैले यी कुरा हरु किन लेखे ? एउटा कलाकारले खान नपाए मलाई के को टन्टा ? तर मेरो पनि स्वार्थ पक्कै छ र यो स्वार्थ मेरो मात्रै नभएर सम्पूर्ण नेपाली गीत संगीत अनि कलाकारलाइ माया गर्ने हरु को स्वार्थ हो। तपाई आफै विचार गर्नुस यदि एउटा कलाकारले दिन भर परिवार कसरी पाल्ने, यस्तो महंगीमा कसरि गुजारा चलाउने भनेर सोची रहन्छ भने उसले फुर्सद निकालेर गरेको सिर्जना कस्तो होला? र यदि पैसा को पिर नगरी संधै नया नया गीत संगीत को खोजीमा अनि नया नया सिर्जना मा समय बिताउन पाए कस्तो गीत संगीत आउला ? राम्रो राम्रो नेपाली गीत संगीत सुन्ने रहर कुन चाही नेपाली मा नहोला ? कुन चाही नेपालीले हाम्रो गीत संगीतले बिश्व बजार मा अधिपत्य जमाएको हेर्न नचाहेको होला ? तपाइलाई कहिँ कतै अप्ठ्यारो परे म यहाँ संधै हुनेछु। र अन्तमा तपाइको संगीतको मार्ग बाट बिश्व विजय गर्ने यात्रालाई ३ करोड नेपाली को शुभकामना।

Read More